भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड,एकैदिन थपिए करिव २ लाख संक्रमित

काठमाडौँ,बैशाख २। भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा करिव २ लाख कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

 

नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितहरुको संख्या १ करोड ४० लाख ७० हजार नाघेको छ ।

 

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका हुन् । संक्रमित भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

 

भारतमा हालसम्म १ करोड २४ लाख २६ हजार बढी संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार नाघेको छ । त्यस्तै भारतमा १ लाख ७३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ८८ लाख १९ हजार नाघेको छ । संक्रमितमध्ये २९ लाख ८४ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

 

अहिलेसम्म ११ करोड ६ लाख ४ हजार जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड ४२ लाख ३० हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ५ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।