संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा आउँछ: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका थिए। ऋण लिएको प्रमाणित गरे आफूले राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर लामिछानेले थापालाई प्रश्न गरेका थिए।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पनि लामिछानेका सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका हुन्। संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि?

गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस्,थापाले भने पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ। कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन। संसदीय छानबिन समितिबाट पुष्टि गरे भइहाल्छ।

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर प्रमाण लुकाइससकेको उनको दाबी छ। एमाले अध्यक्ष केपी ओली,

प्रधानमन्त्री, प्रहरी प्रमुख र महान्यायाधीवक्ताले माया गर्दै पनि संसदीय समिति बनाऊँ भन्दा भागेको भाग्यै किन भन्दै थापाले प्रश्न गरे।

अब संसदीय समिति नबनेसम्म संसद् नचल्ने थापाले बताए। साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने,‘सडकमा आउँछ, त्यसअनुसार सामना गर्न सरकारले तयार हुनुपर्छ।