नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं,बैशाख २ । नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै  काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।