नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि,थप १२ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख १३ । नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

 

पछिल्ल्लो २४ घण्टामा १२ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । पछिल्ल्लो २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं उपत्यकाका मात्र १ हजार ९१२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ। 

 

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।