नेपालमा थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि,थप २२५ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,बैशाख २८। नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।२० हजार ५९६ जनाको पिसिआर परीक्षण गर्दा र ७२० जनाको एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ।

 

काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

 

 

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

 

पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

 त्यस्तै काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४/२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना,स्याङजामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्‍चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्‍चिममा ४८, सिन्धुली र तनहुँमा ४७/४७ जना, महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्‍चनपुरमा २८/२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५/१५ जना ,ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७/७ जना, बागलुङ र दैलेखमा ६/६ जना, म्‍याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २/२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्‍युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।