कोरोना संक्रमणले बाँकेमा एकैदिन १८ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,बैशाख २८ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् ।

 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष र बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको जनाइएकाे छ।