ओली र नेपालबीच टेलिफोन सम्वाद,भेटवार्ता गर्न नेपाल सकारात्मक

काठमाडौं,बैशाख ३०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई टेलिफोन गरेर सम्वाद भएकाे छ । ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् ।

 

आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय समेत गरेको छ ।

 

गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले नेपालसहितका नेतालाइ थमाएका थिए । स्थायी कमिटी बैठकले कारबाही फुकुवाको निर्णय गरेको हाे ।

 

 

बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार समेत दिएको छ । ‘राजनीतिक परिस्थितिति हेरेर माधव नेपालसँग  थप छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार ओलीलाई दिएको छ। संयुक्त सरकारका निम्ति दिएको समय आज ९ बजे सकिदैछ ।