सीसीएमसीले बढयो अक्सिजनको कोटा,कुन अस्पताललाई कति (सूचीसहित)

काठमाडौं,बैशाख ३०। अस्पतालहरुलाई वितरण गरिने अक्सिजनको कोटा कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले बढाएको छ । सीसीएमसीको निर्णय अनुसार अब १ सय ११ अस्पताललाई ७ हजार ४ सय ७३ सिलिन्डर अक्सिजन न्युनतम वितरण गरिने भएको छ।

 

 

यस्तै सीसीएमसीले तोकेको उद्योगमा पायक नपरेमा जानकारी गराउन पनि अस्पतालहरुलाई भनिएको छ।८ वटा अक्सिजन उत्पादक कम्पनीलाई पत्र पठाउँदै सीसीएमसीले सबै अस्पताललाई तोकेको मात्रामा अक्सिजन उपलब्ध गराउन भनेको छ।

 

 

नयाँ निर्देशन अनुसार सबैभन्दा धेरै नेपाल मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पताल, एपिएफ अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ३ सय सिलिन्डरका दरले दैनिक अक्सिजन उपलब्ध गराइने भएको छ।

यस्ताे छ, कोटा ताेकिएकाे सूचीसहित:-