आफ्नो पक्षमा बहुमत जुटाउन देउवा कसरतमा,महन्थ–राजेन्द्रसँगको भेटपछि बोलाए शीर्ष नेताको बैठक

काठमाडौं,बैशाख ३०। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका देउवाले अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।  

 

 

बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् । यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।

 

भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् । जसपाका नेता ठाकुर र महतोले आफ्ना अरू नेताहरूसँग छलफल गरेर निष्कर्षमा जाने बताएका छन्।