एआईजीको घरमा काम गर्न राखेका प्रहरीले गरे आत्महत्या

काठमाडौं,बैशाख ३०। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत एक जना प्रहरी परिचरले आत्महत्या गरेका छन् ।

 

 

कागेश्वरी मनहरा नगरपालिका मुलपानी ग्रिनहिल सिटीस्थित रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या शंकास्पद भएको भन्दै कडा छानविन गर्न प्रहरीसँग परिवारले माग गरेका छन् ।