नेपालमा थप ८९६० जनामा कोरोना संक्रमित पुष्टि,थप २१४ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,बैशाख ३०।नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमित पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।

 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

पछिल्लो २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ।

 

नयाँ संक्रमित थप भएसँगै एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर पाँच हजार ५५ जना व्यक्ति निको भएका छन्।

कुन जिल्लामा कति थपिए संक्रमित 

सबै भन्दाधेरै काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

प्रदेश १ को इलाममा ८, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, झापामा २५८, ताप्लेजुङमा १८, धनकुटामा १७, पाँचथरमा २, भोजपुरमा १०, मोरङमा ३५८, संखुवासभामा ५४, सुनसरीमा १२१ र सोलुखुम्बुमा १० जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा २०४, पर्सा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा ३१, भक्तपुरमा ३४८, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, ललितपुरमा ४८१, सिन्धुपाल्चोकमा ७४ र सिन्धुलीमा ४५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्युठानमा २४, बर्दियामा ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११ र रोल्पामा ६३ जनामा कोरोना पाइएको छ।

 

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २४, जाजरकोटमा ५, जुम्लामा १४, डोल्पामा २, दैलेखमा ३४, रुकुम पश्चिमा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, डोटीमा १३, दार्चुलामा ४, बझाङमा २ बैतडीमा ८९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।