नेपालमा थप ८५२० जनामा कोरोना संक्रमित पुष्टि,थप २०३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख ३१। नेपालमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर गर्दा  र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा आठ हजार ५२९ जनामा संक्रमित पुष्टि भएकाे हाे। पिसिआर परीक्षणबाट ८ हजार ४६७ र एन्टीजेन परीक्षणबाट ५३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

 

त्यस्तै काठमाडौंमा उपत्यकामा मात्र ३ हजार ३ सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

 

पछिल्लाे २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।

 

त्यस्तै ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६ हजार १३५ जना व्यक्ति निको भएर घर फर्किएका छन्।

 

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुममा ८, धनकुटामा ४३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सुनसरीमा १९७ र सोलुखुम्बुमा २१ जनामा कोरोना भेटिएको छ।

 

 

प्रदेश २ को धनुषामा १४१, पर्सा १३८, बारामा ४५, महोत्तरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३१, सर्लाहीमा १६ र सिरहामा २९ जनामा कोरोना पाइएको छ।

 

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४ सय ५८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२ र सिन्धुलीमा ७७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 

पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वतमा ५३, म्याग्दीमा ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासीमा ५, पाल्पामा १०८, प्युठानमा ३, बर्दियामा १९, बाँकेमा ८७, रुकुम पूर्वमा १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७ जनामा कोरोना पाइएको छ।

 

 

पछिल्लाे २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्लामा १४, दैलेखमा ८, रुकुम पश्चिमा २७, सल्यानमा ५९ र सुर्खेतमा २८८ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धुरामा ४२, डोटीमा १३, दार्चुलामा ३, बाजुरामा १ र बैतडीमा ६४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।