आज रातिसम्म काठमाडौं छोड्न पाईने,जिल्ला प्रशासन कार्यालयको यस्तो छ,अनुमति

                                                             सांकेतिक तस्वीर

काठमाडौं,बैशाख ३१। निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो अनुमति दिएको हो ।

 

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको बताए । ‘अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको हो’ सीडीओ पराजुलीले भने ।

 

 

प्रजिअ पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो ।

 

बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।