बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं,जेठ ५। नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।

 

 

दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।