काँग्रेस संसदीय दलको बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं,जेठ ५। नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने बताएका छन् ।

 

छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ ।

 

 

सरकार संसदबाट भाग्न खोजेका देखिएको छ । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको छैन । यस विषयमा छलफल हुन्छ, खाणले भने ।

 

 

सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन ​। बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ।