गण्डकी प्रदेशमा विना विभागीय दुइ मन्त्रीसहित ४ जनाले लिए सपथ,दिपक मनाङे अनुपस्थित

काठमाडौं,जेठ ५। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थप गरिएका छन् ।

 

 

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए ।पुन: युवा तथा खेलकुदमन्त्रीमा नियुक्त दीपक मनाङेले शपथ ग्रहण गर्ने भए पनि समारोहमा अनुपस्थित रहे।

 

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै रहेका छन् ।