भाउजुको हत्यामा संलग्न देवर पक्राउ, श्रीमान सहित ४ जनामाथि अनुसन्धान

काठमाडौं,जेठ ६। रंगेली नगरपालिका ३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेपश्चात प्रहरीले अनुसन्धानको क्रममा तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थपअनुसन्धानको क्रममा अनिता र बिनोद बिच विवाद भई झै–झगडा हुँदा मंगलबार राति बिनोदले

 

दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको छ ।