विपक्षी गठबन्धनको आकस्मिक बैठक बस्दै,यी बिषयमा छलफल गरिदै

काठमाडौं,जेठ ८। विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेसंगै संयुक्त बैठक बस्ने भएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शनिबार विहान ११ बजे बस्न भएको स्रोतले जनाएको छ ।

 

 

ठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छन् । उक्त गठबन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।

 

 

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर राष्ट्रपतिले दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकेकी छन् ।

 

 

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको बताइएको छ ।