सभामुख सापकोटाले बोलाए पूर्वसभामुखहरु,यस्ता बिषयमा छलफल हुँदै

काठमाडौं,जेठ ११। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन लगायत विषयमा छलफल पूर्व सभामुखहरुलाइ बोलाएका छन् । छलफल आज दिउसो १ बजे सभामुखको सचिवालयमा हुनेछ ।

 

 

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल गर्न पूर्व सभामुखहरुलाई बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

 

 

छलफमा पूर्व सभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा लगायत सहभागी हुनेछन् ।

 

 

सभामुखले संसद अधिवेशन आव्हान गर्ने सुझाब दलहरुले दिइरहदा सापकोटाले पूर्वसभामुहरुसँग परामर्श गर्न लागेका हुन।