नेपालमा थप ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि,थप १०६ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,जेठ १३ । नेपालमा थप ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार  २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो २४ घण्टामा थप ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुममा ३१, धनकुटामा २२, पाँचथरमा २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सुनसरीमा १८६ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

 

 

प्रदेश २ को धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ।

 

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवामा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धुपाल्चोकमा १५० र सिन्धुलीमा ८२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 

  गण्डकी प्रदेशको कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वतमा ३८, मुस्ताङमा १, म्याग्दीमा २०, लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवलपरासीमा ८, पाल्पामा ६६, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३०, रुकुम पूर्वमा २, रुपन्देहीमा १४० र रोल्पामा ६ जनामा कोरोना पाइएको छ।

 

 

 कर्णाली प्रदेशको कालिकोटमा ६, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा २५, रुकुम पश्चिमा १२, सल्यानमा ४२ र सुर्खेतमा १२४ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ९७, कञ्चनपुरमा २९, कैलालीमा ११२, डडेल्धुरामा २३, डोटीमा ९, दार्चुलामा २५, बझाङमा १ र बैतडीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।