क्रान्तिकारी माओवादीलगायतका २१ राजनीतिक संगठनहरूले तत्काल राहत प्याकेज ल्याउन र नागरिकता अध्यादेश तत्काल खारेजको माग गर्दै(प्रेस विज्ञप्तिसहित)

काठमाडौं,जेठ १३।क्रान्तिकारीमाओवादी,देशभक्त जनगणतान्त्रिक नेपालसहितका २१ राजनीतिक सङ्गठनहरुले देशमा चुलिदै गएको राजनीति सङ्कट र त्यसबाट कसरी मुक्ति पाउने भन्ने सवालमा कार्यगत एकताको बैठक बसी यसले केही महत्वपूर्ण निर्णयहरु गरेकाे छ ।

 

 

बैटकले पारित गरेका निर्णहरुमा विप्लव नेतृत्वको नेकपालाई यो कार्यगत एकतामा सम्मिलित गर्ने, कोभिड महामारीको सम्बन्धमा,तत्काल राहत प्याकेज ल्याउन मागरिएकाे छ,फासीवादीकरणको विरोध र  नागरिकता अध्यादेश खारेजकाे माग गरिएकाे छ।

 

 

 राजनीतिक संगठनले निर्णयहरूलाई सार्वजनिक गर्नका लागि विज्ञप्ति जारी गरिएको छ । २१ राजनीतिक सङ्गठनको कार्यगत एकताको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा प्रेस विज्ञप्ति जारी गरिएकाे छ। 

विज्ञप्तिकाे पूर्ण पाठ तल दिइएकोछ।