फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौ,जेठ १८। मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ ।

 

 

सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो । यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।

 

 

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ ।