एमाले विवाद समाधानका लागि दोस्रो तहका नेता फेरि सक्रिय,ओली नेपालबीच छिट्टै भेटवार्ता हुने

काठमाडौं,जेठ १८। सर्वोच्च अदालतको फैसला आएपछि दुईधारमा विभाजित नेकपा एमालेलाई एकतावद्ध गर्ने प्रयास फेरि सुरु भएको छ । अहिले एमालेका दोस्रो तहका नेताहरु घनिभुत छलफलमा जुटेका छन् ।

 

 

प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।

 

 

त्यसपछि नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णयमा ओली पक्ष पुगेको थियो । यस्तै थप १२ जनालाई पनि स्पष्टिकरण सोधिएको छ । उनीहरुको जवाफ आएको छैन् ।

 

 

अहिले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन् । सोमबार साँझ ओली र नेपाल पक्षका नेताहरुबीच वार्ता पनि भएको छ ।

 

 

नेताहरु कार्यदलको बैठक समेत नभएको बताएका छन् । अनौपचारिक रुपमा भएको छलफलमा एकतालाई जुनसुकै हालतमा पनि जोगाउनुपर्ने पक्षमा आफुहरु रहेको नेताहरुको भनाई छ ।

 

 

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।

 

 

तर अहिले फेरि दोस्रो तहका नेताहरु ओली र नेपाललाई वार्ता गराउने प्रयासमा रहेका छन् ।