नेपालमा थप ६०८५ जनामा कारोना संक्रमण पुष्टि,उपत्यकामा मात्र १५५८ जनामा संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,जेठ १८।नेपालमा थप ६ हजार ८५ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

 

 मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र १५ सय बढीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण भएको हो ।

 

मन्त्रालयका अनुसार काठमाडौं‌मा १ हजार ६० जना, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना संक्रमित थपिएको छ ।

 

 

देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन्।

 

 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।

 

कुन जिल्लामा कति थपिए संक्रमित

 

  मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १०६०, मोरङमा २९१, ललितपुरमा २८३, झापामा २८३, काभ्रेपलाञ्चोकमा २३२, भक्तपुरमा २१५ र सुनसरीमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

यस्तै धनुषामा १९२, गोरखामा १८८, चितवनमा १७४, कास्कीमा १६९,दाङमा १३८, पाल्पामा १२६, मकवानपुरमा ११६, सिन्धुपाल्चोकमा १०८ र रूपन्देहीमा १०३ जना ,सुर्खेतमा ९६, रामेछापमा ९४, नुवाकोटमा ७९, सर्लाहीमा ७६, धादिङमा ७४, सिरहामा ६५, महोत्तरीमा ५८, दोलखा र दैलेखमा ५५/५५ जना, डडेलधुरामा ५४ र बारामा ५० जनामा, तनहुँमा ४२, बाँकेमा ३८, नवलपरासी पूर्व र कैलालीमा ३२/३२ जना, सिन्धुलीमा ३१, दार्चुलामा ३०, डोटीमा २९, ओखलढुंगामा २८, स्याङ्जा र कपिलवस्तुमा २७/२७, बर्दिया र कञ्चनपुरमा २५/२५ जना, धनकुटामा २४, कालीकोटमा २३ र नवलपरासी पश्‍चिममा २१ जना ,म्‍याग्दीमा १९, इलाम र सल्यानमा १८/१८ जना, लमजुङ र अर्घाखाँचीमा १७/१७ जना, रौतहटमा १५, सप्तरी र रूकुम पश्चिमममा १४/१४ जना ,पर्सामा १२ र उदयपुरमा ११ जनामा,गुल्मी, प्‍युठान र जुम्लामा ७/७ जना, रोल्पा र जाजरकोटमा ६/६ जना, खोटाङ र बागलुङमा ५/५ जना, ताप्लेजुङ र रसुवामा ३/३ जना, संखुवासभामा २ तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पर्वत, रूकुम पूर्व, र अछाममा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै १० वर्षमुनिका १७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमैर समूहका ४५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।