टीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा फिर्ता लिने सरकारको तयारी, यस्तो छ,६ बुँदे सहमति पत्र

काठमाडौं,जेठ १८ । सरकार र थारु कल्याणकारिणी सभा थरूहट र थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

 

थरूहट र थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने  सहमति भएको छ ।

 

आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्याङ्कन गरी क्षतीपूर्ती उपलब्ध गराउने सहमति भएकाे छ।

यस्ताे छ,सरकार र थारु कल्याणकारिणी सभाबीच भएकाे सहमति पत्र