उपप्रधानमन्त्री बनेका महतोको विवादीत अभिव्यक्ति प्रति विरोध

काठमाडौ,जेठ २२। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले विवादीत अभिव्यक्ति दिएका छन् ।

 

मन्त्री बनेपछि पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल एकल राज्य नभएर बहुल राज्य बनाउनुपर्ने विवादीत अभिव्यक्ति दिएका हुन् ।

 

 

सपथ ग्रहण लगत्तै यस्तै अभिव्यक्ति दिएपछि विवादमा तानिएका महतोले आज फेरि सोही अभिव्यक्ति दोहोर्याएका हुन् ।

 

 

देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको उल्लेख गर्दै उनले भने ‘नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति—समुदायको देश हो । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि महताेले भने ।