छालामा एलर्जी भएको छ,यस्ता छन् ७ घरेलु उपायहरु,यसरी गर्नुस् उचार

काठमाडौं। वातावरणमा भएका केहि कुराहरूसँग मानिसको प्रतिरक्षा प्रणाली धेरै नै संवेदनशील भएर शरीरमा सानोतिनो समस्या देखाउँदछ भने त्यस्तो शारीरिक अवस्थालाई ‘एलर्जी’ भएको भनिन्छ।

 

 

एलर्जी हुँदा शरीरको छाला चिलाएर रातो हुने, आँखा रसाएर रातो हुने अनि नाकबाट पातलो पानी बगेर हैरान गर्ने अथवा सुन्निने हुन्छ । एलर्जी भयो भनेर जसले पनि भन्दिन सक्छ।

 

 

रातो रातो फोका देख्यो चिल्चिलायो भने एलर्जी भयो भनेर भन्न सकछ। कहिलेकाँही एलर्जीले गर्दा स्वास फेर्न गाह्रो हुन्छ अनि तुरून्तै अस्पताल जाने पनि हुन्छ। एलर्जी भयो भन्न सजिलो छ तर एलर्जीको उपचार गर्न गाह्रो छ।

 

एलर्जीलाई कम गर्ने केही उपायहरू यस प्रकार रहेका छन्  

 

१-के तपाईँलाई थाहा छ, दुग्ध खाद्दपदार्थ र मासुबाट मुटुको रोग लाग्न सक्छ निरु त्यतिमात्रै होइन, यसमा भएका ‘ओमेगा-६’ र ‘ओलिक एसिडले तपाईँको शरीरको एलर्जीको मात्रा झन् बढाउँदछ।

 

 

रातो फलमासुमा भएको ‘ओलिक एसिड’ ले ‘साइटोकाइन्स’ र ‘ल्युकोट्राइन्स’ नामक पदार्थ पैदा गर्दछ जसले तपाईँको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग सामना गर्न रोक्दछ।

 

 

 

उक्त एसिड थोरै मात्रामा भएपनि प्रतिरक्षा प्रणालीलाई काम गर्न बाधा पुग्दछ र यो एसिड हाम्रै शरीरले पनि अलिकति पैदा गरिरहेको हुन्छ, जसले गर्दा झन् बढी बाधा हुने गर्दछ। त्यसैले एलर्जी हुने तपाईँहरूले आफ्नो दैनिकी आहारबाट मासु हटाउँदा नै फाइदा हुनेछ।

 

 

२– खानामा भिटामिन-ई को मात्रा भएको खानेकुराहरूको समावेश गर्नुभयो भने शरीरको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग जुध्न मद्दत पुग्दछ। भिटामिन-ई ले धुम्रपान गर्नेहरूको फोक्सोलाई पनि थोरै मात्रामा निको पार्ने काम गर्दछ।

 

 

३-एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने ।

 

एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।

 

 

४-नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।

 

 

५-एलोभेरा छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ ।

 

 

त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

 

 

६-हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।

 

 

७-छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।