चुरेक्षेत्रको दोहन गर्ने उक्त प्रावधान तत्काल खारेज गर्न माग गर्दै,महतोको अभिव्यक्तिबारे ओलीले स्पष्टीकरण दिनुपर्ने सात विद्यार्थी संगठनको माग (वक्तव्यसहित)

काठमाडौं,जेठ २३ । नेकपा (क्रान्तिकारी मओवादी) ,नेपाली काँग्रेसलगायत सात पार्टी निकट विद्यार्थी संगठनको संयुक्त बैठक बसी समसामयीक विषयमा ५ बुंदे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

 

त्यस्तै नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी अभिव्यक्तिको भर्त्सना समेत गरेका छन्।

 

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन,ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग पनि गरिएकाे छ।

 

त्यस्तै भर्चुअल रुपमा बसेको देशका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त जुम बैठकले चुरे पहाडको दोहन गरी,गिट्टी, बालुवा निकासी सम्बन्धी सरकारी धारणाको पनि विरोध गरेको छ ।

 

सरकारको उक्त नीति फिर्ता लिन माग गर्दै सात विद्याथीसंगठनले ईन्धनमा भएको मुल्यबृद्धी पनि फिर्ता लिन माग गरेका छन् ।

 

वक्तव्यमा अखिल क्रान्तिकारीका अध्यक्ष, हरिकृष्ण गजुरेल, नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,  अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम मिश्र, अखिल पाँचौका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन् ।