देशभर कोरोना संक्रमित कुन जिल्लामा कति थपिए ?

काठमाडौं,जेठ २५। नेपालमा थप ५१५३ जनामा कारोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६७६ परीक्षणबाट ५१५३ जनामा संक्रमण थपिएको हो ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०,मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा  पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०/४० जना ,तनहुँमा ३७, सिन्धुपाल्चोकमा घघ, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११/११ जनामा  ,ओखलढुंगा, र अछाममा ९/९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८/८ जना, इलाम, उदयपुर र बर्दियामा ७/७ जना, भोजपुर र पर्सामा ५/५ जना, सोलुखुम्बु र कालिकोटमा ४/४ जना, तेह्रथुममा ३, खोटाङ,ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २/२ जना तथा पाँचथर र सल्‍यानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।