नेपालमा थप ५१५३ जनामा कारोना संक्रमण पुष्टि,६५७० जना संक्रमणमुक्त,थप १०८ जनाको मृत्यु

काठमाडौं,जेठ २५। नेपालमा थप ५१५३ जनामा कारोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६७६ परीक्षणबाट ५१५३ जनामा संक्रमण थपिएको हो ।

 

यस्तै थप १०८ जना संक्रमितको मृत्यु भएको छ। यस्तै ६५७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

 

काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँका ८३६, ललितपुरका २६९ तथा भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको हो।