काठमाडौं उपत्यकामा थप ५९८ जनामा संक्रमण पुष्टि,कुन जिल्लामा कति छन् सक्रिय संक्रमित

काठमाडौं,जेठ २९। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९८ जना कोरोना संक्रमित थपिएका छन्।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

 

यो सँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार ६ सय ८३ जना छन्।

 

 

जसमध्ये काठमाडौंमा ९२२९, ललितपुरमा ३७४४ र भक्तपुरमा २७१० जना कोरोना संक्रमित विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचाररत छन्।