काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो,यी क्षेत्र भए खुला

काठमाडौं,जेठ ३०। काठमाडौं उपत्यकामा कम्तिमा १० दिन निषेधाज्ञा थप्ने तयारी भएपनि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता मात्रै थप गर्ने निर्णय गरेको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता थप हुने भएको हो ।

 

 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

 

थपिएको निषेधाज्ञा खाद्यान्न पसलहरु विहान ११ बजेसम्म खुला हुनेछन् । यस्तै अनलाइन डेलिभरी दिने व्यवस्थापन गर्न दिइएको छ ।

 

 

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिइनेछ ।

 

 

यस्तै भिसा लिनका लागि सहजिकरण गर्ने विषयमा पनि प्रमुख जिल्ला अधिकारीबीच सहमति जुटेको छ।