चट्याङबाट २ महिनामा २२ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,जेठ ३०। नेपालमा २ महिनाको अवधिमा चट्याङबाट २२ जनाको मृत्यू भएको छ।

 

गृह मन्त्रालयको राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि जेठ ३० गतेसम्म यति धेरै संख्यामा मानिसहरु चट्याङमा परी मृत्यू भएको हो।

 

 

यस अवधिमा नेपालमा १ सय ६ पटक चट्याङ परेका घटना भएका थिए जसमा ९० जना मानिसहरु घाईते भएका थिए।

 

 

यसैक्रममास ५४ वटा चौपाया पनि मारिएका छन। चट्याङबाट करिब १ करोड ४६ लाख १४ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।