मोबाइल पानीमा खस्यो,यस्तो गर्नूस्: तपाइको फोनसेट जस्ताको त्यस्तै हुने छ?

काठमाडौं। विश्वभरका सूचना यतिबेला मानिसले आफ्नो हातमा भएको मोबाइल फोनमा एक क्लिक गरेको भरमा थाहा पाउन सक्छन्। कहिले काहीँ फोन पानीमा खस्न वा भिज्न सक्छ ।

 

यदी पानीमा फोन खस्यो भने जति सक्दो फोनलाई पानीबाट निकाल्नु होस् , किनकी फोन जति समय पानीमा रहन्छ त्यसलाई बचाउने संभावना त्यति नै कम हुन्छ ।

 

फोन पानीमा खस्यो भने के गर्ने  

 

-जतिसक्दो फोनलाई बाहिर निकालेर एउटा कपडामा राख्नुहोस र फोनलाई खोल्नुहोस ।

 

 

-फोनको पछाडिको ढक्कन , बैटरी , सिम कार्ड , मेमोरी कार्ड सबै बाहिर निकाल्ने र सुख्खा कपडाले ध्यानपुर्वक सफा गर्नुहोस ।

 

 

-घरको भान्सा घरमा गई चामलको डिव्वालाई बाहिर निकाल्नुहोस् ।(चामलले फोन भित्र रहेको चिस्यानलाई सोस्ने गर्छ।) 

 

 

-फोनलाई चामलको डिव्वामा चामलको बिचमा भित्र राखेर ५ ,७ दिन वा १ हप्ताको लागि राख्नुहोस् ।

 

 

-अब लगभग एक हप्ता पछि फोनलाई चामलबाट बाहिर निकाल्नुहोस र राम्ररी सफा गर्नुहोस् ।(चार्जिंग वा हैडफोन लगाउने प्वालमा कुनै प्रकारको चामलको दाना वा फोहोर वस्तु भएमा त्यसलाई बाहिर निकाल्नुहोस्)

 

 

-तपाई आफ्नो फोनलाई चालू गर्नुहोस् , तपाईको फोन स्टार्ट हुन्छ ।