ग्यास्ट्रिक गर्ने यी खाने कुराहरु भुलेर पनि नखानु होस्,यस्ता छन्, ग्यास्ट्रिक ठिक पार्ने घरेलु उपाय

काठमाडौं। धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ ।

 

 

खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।

 

 

ग्यास्ट्रिकको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्

 

समयमा खाना खाने बानी बसाल्ने– हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् ।

 

 

यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।

 

 

प्रशस्त पानी पिउने – ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन।

 

 

कार्बोहाइड्रेड कम खाने – ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।

 

 

दूध नपिउने – ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ ।

 

 

लसुनपानी खाने – तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ।

 

 

कागतीपानी पिउने – ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास काम गर्छ र पेट फुल्न पनि दिँदैन ।