कार्यदलमा रहेका नेताहरूसहित,ओली – नेपाल बिच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

 

 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अहिले वार्ता जारी रहेको हो ।

 

 

 

ओली र नेपाल ५५ दिनपछि वार्तामा जुटेका हुन् । गत वैशाख ३० गते यता ओली र नेपालबीच भेट हुन सकेको थिएन् । बूढानीलकण्ठ जाने बाटोमा रहेको चपली घुम्तीमा ३० गते भेट भएको थियो ।

 

 

त्यसअघि वैशाख ८ र ९ गते होटेल मेरियटमा नै भएको वार्ता विफल भएको थियो ।

 

 

भेटमा कार्यदलमा रहेका नेताहरू भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि सहभागी छन् ।

 

 

 

उनीहरूले विवाद समाधानका लागि भइरहेको प्रयासबारे ब्रिफिङ गरेको बताइएको छ ।