ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेता सहभागी नहुने

काठमाडौँ । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

 

एमाले एकताका लागि सहमति गर्न कार्यदल बैंठक सिंहदरबारमा बसिरहेकै बिचमा अध्यक्ष ओलीले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् । तर नेपालसमुहका नेताहरुलाई बैठक बारे कुनै पनि जानकारी नभएको र सो बैठकमा आफुहरु सहभागी नहुने बताएका छन् ।