जनता समाजवादी पार्टी खारेजको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले जनता समाजवादी पार्टी खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन्  ।

 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

 

रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ ।