निरन्तर आठ महिनादेखी उकालो लागेको खाने तेलको मूल्य घट्न थाल्यो

काठमाडौं । निरन्तर उकालो लागेको खाने तेलको मूल्य आठ महिनापछि घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेल सस्तिएको उद्योगीहरुले बताएका छन् ।

 

 

पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको उद्योगीहरुले बताएका छन्। 

 

 

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशहरूबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ । तेलको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको मूल्य नै मुख्य कारण भएकाे उद्योगीहरुले बताएका छन्।  

 

 

 

नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको जनाएका छन् ।

 

 

 

सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघले जनाएकाे छ।

 

 

 

यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा झरेको बताइएकाे छ ।यस अवधिमा भटमासको तेल लिटरमा ४० रुपैयाँ सस्तो भएको अधिकारीले बताए ।