माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौँ । विपक्षी गठबन्धनको बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्ने भएको छ ।

 

आज सर्वोच्च अदालतले संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै अब आउने योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

 

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।