अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचायो :सभापति देउवा

काठमाडौं । सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

 

 

अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताएका छन् ।

 

 

संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।

 

 

सभापति देउवाले भने, निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उनले बताएका छन् ।