देशभर २,३९८ कोरोना संक्रमित, २ हजार ७८ जना संक्रमणमुक्त

काठमाडौं । आज देशभर २ हजार ३ सय ९८ जना कोरोना संक्रमित भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६ सय ३९ र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ५९ जना गरी २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा २ हजार ७८ जनामा कोरोना संक्रमण निको भएको मन्त्रालयले बताएको छ । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।