प्रेरणा र उत्साहलाई प्रस्फुटन गर्न किशोरकिशोरीलाई अवसर

काठमाडौं। किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने कार्यक्रम ‘वाइवाई ग्लोकल टिन हिरो सातौं संस्करणको आवेदन खुलेसँगै नेपालभरिका किशोरकिशोरिले आफ्नो समाज रूपान्तरणको कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन्।

 

 

अहिले आवेदन खुला भएको र आयोजकले नेपालभरिमा विभिन्न स्कुलमा अनलाइनमार्फत अभिमुखीकरण सञ्चालन गरिरहेको जनाएको छ।

 

 

नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोरकिशोरीको ऊर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन्।

 

 

जेन २०२१ नामक ग्लोकल टिन हिरोले एक वेबिनार शृंखला प्रारम्भ गरेको छ, जसमार्फत किशोरकिशोरीले विस्तृत दृष्टिकोण एवं विभिन्न सामाजिक मुद्दाबारे सिक्न पाउने बताइएको छ।

 

 

सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडिजीहरूमा काम गरिरहेका किशोर–किशोरीले विभिन्न देशका विशेषज्ञसँग सिक्ने र उनीहरूसँग नेटवर्किङ गर्ने अवसर पाउने छन्।

नागरिक दैनिकमा खबर छ।