प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकेका छन्। प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ।

आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको बताइको छ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो।

सर्वोच्चको परमादेशपछि मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले कांग्रेस र माओवादीबाट दुई दुई जना गरी चार जना मन्त्री नियुक्त गरेका छन्।