चीनले थप १६ लाख खोप नेपाललाई अनुदान दिने

काठमाडौँ । छिमेकी राष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

 

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

 

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल(चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्।

 

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।