देशभर थप २,९३६ कोरोना संक्रमित, निको भए १,७७५ जना

काठमाडौं । आज देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमित भएका छन् ।

 

१४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै देशभर कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका छन् ।