नुवाकोटमा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप

नुवाकोट । नुवाकोटमा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

 

कोरोना महामारी रोकथामका तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश तथा स्थानीय प्रशासन ऐन अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो ।

 

निषेधाज्ञाको आदेश अनुसार नुवाकोटका विद्यालयहरुमा भौतिक उपस्थिति गराउन नपाइने, सभा सम्मेलन , नारा जुलुस गर्न नपाइने कुरा उल्लेख गरिएको छ ।

 

यसैगरी चाडपर्वका नाममा धार्मिक स्थलहरूमा समेत भिडभाड गर्न रोक लगाइएको छ ।

 

जारि निषेधज्ञाको आदेशले फिटनेस सेन्टर, सैलुन , ब्युटीपार्लर, रंगशाला, तथा खेलहरु संचालन गर्न नपाइने बताएको छ ।