एमाले भित्रको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू फेरि जुटे छलफलमा

काठमाडौँ । नेकपा एमाले पार्टीभित्रको विवादलाई समाधान गर्न दोस्रो तहका नेताहरू छलफलमा बसेका छन् ।

 

एमाले एकता जोगाउन कार्यादलका सदस्यहरु र अन्य दोस्रो तहका नेताहरूको बैठक अहिले सिंहदरबारमा चलेको छ । । बैठकमा एमाले भित्रको विवाद समाधान र १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल भइरहेको छ ।

 

यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो ।