एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा आज अपरान्ह ३ बजे बैठक बस्न लागेको हो।

 

सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

 

वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। केन्द्रीय कमिटीमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।