कोटेश्वरमा पुगेर प्रचण्डले गरे माधव नेपालसँग भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेका छन् । मंगलबार बिहान नेता नेपाल कै निजी निवास कोटेश्वरमा उनीहरु बिच भेटवार्ता भएको हो ।

 

 

समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा उनीहरुबिच छलफल भएको स्रोतले जनाएको छ । यद्यपि  पछिल्लो समय कोटेश्वरमा पुगेर नेता नेपाललाई भेट् गर्नु प्रचण्डको दैनिकी जस्तै भएको छ ।